बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार?

Desk
  |   
प्रकाशित मिति: बैशाख २९, २०७९
36 Shares

काठमाडौं,२९ वैशाख । अघिल्लो दिन तोलाको ९७ हजार रुपैयाँमा झरेको सुनको मूल्यमा फेरि वृद्धि आएको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलाको ९७ हजार ८०० रुपैयाँ कायम गरेको छ । बुधबार तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
 

यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९७ हजार ३०० पुगेको छ ।

आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेर १२ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Desk
प्रकाशित मिति: बैशाख २९, २०७९
36 Shares
Footer ads