युगाण्डासँगको पाँच टि-२० का लागि महिला क्रिकेट टोली घोषणा

Desk
  |   
प्रकाशित मिति: बैशाख २९, २०७९
50 Shares

काठमाडौं, २९ वैशाख  । नेपाल क्रिकेट संघ (क्यान) ले जेठ २ गतेबाट शुरु हुने युगाण्डाविरुद्धको पाँच ट्वान्टी–२० खेलको श्रृंखलाका लागि बुधवार रुबिना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
टोलीमा रुबिनासँगै सीता रानामगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, करुणा भण्डारी, सरिता रानामगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, ममता चौधरी, अस्मिना कार्माचार्य,सुमन खतिवडा, संगीता राई, कविता जोशी, रोमा थापा, ज्योती पाण्डे, सबनम राई,विन्दु रावल, ईश्वरी विष्ट, डोली भट्ट, हिरानमाई रोय र रितु कौनौजिया रहेका छन् ।

नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलको श्रृंखला खेल्न लागेको हो । कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने श्रृंखलाअन्तर्गतको पहिलो खेल जेठ २, दोस्रो खेल जेठ ३, तेस्रो खेल जेठ ५, चौथो खेल जेठ ६ र पाचौँ तथा अन्तिम खेल जेठ सात गते हुनेछ ।

Desk
प्रकाशित मिति: बैशाख २९, २०७९
50 Shares
Footer ads