बैंक तथा वित्तीय संस्था पनि साताको दुई दिन बन्द

Desk
  |   
प्रकाशित मिति: बैशाख २८, २०७९
45 Shares

काठमाडौँ, २८ वैशाख   । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै जेठदेखि बैंक तथा वित्तीय संस्थामा पनि उक्त निर्णय लागू हुने भएको छ। उक्त दिन बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, क्लियरिङ हाउसलगायत संस्था बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो।

अब जेठदेखि सातामा पाँच दिन मात्र बैंकिङ कारोबार हुनेछ। आइतबार बिदा हुने भएपछि बाँकी सबै दिनको कार्यालय समय भने बढाइएको छ। जसअनुसार सोमबारदेखि मंगलबारसम्म बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय हुनेछ। तर, कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यालय समय बिहान ९ः३० देखि साँझ ४ः३० सम्म हुनेछ।

Desk
प्रकाशित मिति: बैशाख २८, २०७९
45 Shares
Footer ads