सुनको मूल्य घट्यो , आज एक तोला सुनलाई कति पर्ला ?

Desk
  |   
प्रकाशित मिति: बैशाख २७, २०७९
56 Shares

काठमाडौं,२७ वैशाख । मंगलबार सुन-चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा सात सय रूपैयाँ कम हो।

सोमबार सुन प्रतितोला ९८ हजार सात रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, मंगलबार चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Desk
प्रकाशित मिति: बैशाख २७, २०७९
56 Shares
Footer ads