सांसद तथा चर्चित टीभी स्टार आमिर लियाकत हुसैनको निधन

Desk
  |   
प्रकाशित मिति: जेष्ठ २६, २०७९
88 Shares

पाकिस्तानका चर्चित टीभी प्रस्ताेता तथा पीटीआई नेशनल असेम्बलीका सदस्य डा. आमिर लियाकत हुसैनको ४९ वर्षकाे उमेरमा निधन भएको छ ।

काठमाडौं ,२६ जेठ  । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या भएपछि हुसैनलाई अस्पताल लगिएको थियो तर अस्पताल पुर्याएपछि डाक्टरहरूले उहाँको मृत्यु भइसकेको बताएका थिए ।

हुसैनको निधनको यकिन कारणबारे थाहा नभएको प्रहरीले जनाएको छ । उहाँको निधनका कारण नेशनल असेम्बलीको सत्र शुक्रवार बेलुकी ५ बजेसम्म स्थगित गरिएको छ ।

भर्खरै मात्रै आमिर लियाकत आफ्नो तेस्रो विवाहलाई लिएर विवादमा मुछिनुभएको थियो, जसका कारण उहाँले देश छाड्ने घोषणा गर्नुभएको थियो ।

धार्मिक टीभी कार्यक्रम 'आलम अनलाइन' बाट चर्चित डा. आमिर लियाकत हुसैन सन् २०१८ मा पीटीआईको टिकटबाट चुनाव जितेर सांसद बन्नुभएको थियो ।

Desk
प्रकाशित मिति: जेष्ठ २६, २०७९
88 Shares
Footer ads