पछिल्लो २४ घण्टामा ८ जनामा संक्रमण पुष्टि

Desk
  |   
प्रकाशित मिति: बैशाख २६, २०७९
76 Shares

काठमाडौं,२६ वैशाख । पछिल्लो २४ घण्टामा नेपालमा ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १७ जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ६६ हजार ८०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५२ जनाको ज्यान गुमाइसकेका छन् ।

नेपालमा अहिले १९० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ३८ हजा ३५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

Desk
प्रकाशित मिति: बैशाख २६, २०७९
76 Shares
Footer ads