गठबन्धनकै नेताहरूबीच कुटाकुट, २ जना घाइते

Desk
  |   
प्रकाशित मिति: बैशाख २६, २०७९
53 Shares

काठमाडौं,२६ वैशाख । चुनावी माहोलको विषयमा मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै दलबीच कुटाकुट भएको छ ।  बकैया गाउँपालिका–७ कत्लेखोलामा भएको कुटाकुटबाट २ जना घाइते भएका छन् ।

चुनावी माहोलको विषयमा लफडा हुँदा नेपाली कांग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरी माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँ कमिटी उपाध्यक्ष हरि राईलाई निर्घात कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेत्री तथा स्थानीय निर्वाचनका लागि बकैया वडा नम्बर ७ की चुनावी कमाण्डर लक्ष्मी माझी कृपाले जानकारी दिइन् ।

घाइते विष्णु र हरिको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको माझीले जानकारी दिइन् । घटनाबारे जानकारी दिँदै प्रहरी चौकी हात्तीसुडेका इन्चार्ज प्रहरी नायब निरीक्षक दमन तामाङले आफूहरूलाई दुवै पक्षको निवेदन आएको र घाइतेको उपचारपश्चात घटनाको विषयमा थप छानबिन हुने बताए ।

Desk
प्रकाशित मिति: बैशाख २६, २०७९
53 Shares
Footer ads