युवा संघ खैरहनीका नेता थापामाथि आक्रमण,अवस्था गम्भिर

Samabesi
  |   
प्रकाशित मिति: बैशाख २५, २०७९
488 Shares

चितवन , २५ बैशाख । 
चितवनमा युवा संघका नेतामाथि आक्रमण भएको छ । युवा संघ खैरहनीका नेता कुमार थापामाथि गएराति आफ्नै घरमा आक्रमण भएको हो ।

राति करिब १२ बजे अज्ञात समूहले थापालाई खैरहनी ८ स्थित आफ्नै घरको आगनमा आक्रमण गरेका हुन् । धारिलो हतियारले आक्रमण गर्दा उनको टाउको , हात र खुट्टामा गम्भिर चोट रहेको प्रहरीले जनाएको छ । आक्रमण गर्नेहरुको पहिचान हुन सकेको छैन । आक्रमण गर्नेहरुकोे खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

samabesi
प्रकाशित मिति: बैशाख २५, २०७९
488 Shares
Footer ads