चीनमा तय भएको १९औंं एसियन गेम्स स्थगित

Desk
  |   
प्रकाशित मिति: बैशाख २३, २०७९
66 Shares

काठमाडौं,२३ वैशाख । चीनको हान्जाउमा हुने भनिएको १९औंं एसियन गेम्स स्थगित भएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले शुक्रबार प्रतियोगिता स्थगित भएको जनाएको छ ।

चीनमा कोभिड–१९ संक्रमितको संख्या बढेका कारण प्रतियोगिता स्थगित भएको अनुमान गरिएको छ । तर, आयोजकले किन प्रतियोगिता स्थगित गर्नु परेको हो भनेर खुलाएको छैन । प्रतियोगिता १० सेम्टेम्बरदेखी २५ सम्म हुने तालिका थियो ।
ब्नबलष् न्चयगउ

“ओलम्पिक काउन्सिल अफ एसिया चीनको हान्जाउमा हुने १९औं एसियन गेम्स स्थगित भएको घोषण गर्छ,” आयोजकलाई उदृत गर्दै चीनको सञ्चारमाध्यम सीजीटीएनले लेखेको छ ।

एसियन गेम्सलाई ओलम्पिकपछिको दोस्रो ठूलो प्रतियोगिता मानिन्छ । प्रतियोगिताको नयाँ मिति भने तोकिएका छैन ।
न्यिदब िदबलप

प्रतियोगिता आयोजना हुने हान्जाउको नतिजको सहर सांघाईमा कोभिड–१९ संक्रमणको संख्या बढेका कारण प्रतियोतिगा स्थगित भएको बताइएको छ । नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो । त्यसका लागि अहिले प्रारम्भिक छनोट भइरहेको छ । १९औं एसियन गेम्सका लागि नेपालले गण्डकीमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई छनोटको आधार मानिएको थियो ।

तर, समयावधि कम हुँदा संघहरुले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अगाडि नै प्रारम्भिक छनोट गरेका थिए ।

Desk
प्रकाशित मिति: बैशाख २३, २०७९
66 Shares
Footer ads