गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सनाले गरे बिहे

Desk
  |   
प्रकाशित मिति: बैशाख २३, २०७९
86 Shares

काठमाडौं, २३ बैशाख । गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगीले बिहे गरेका छन्। बिहीबार केही साथीहरू र परिवारको उपस्थितिमा बिहे गरेका हुन्।

शुक्रबार उनीहरूले ‘बाचा भयो’ बोलको गीत सार्वजनिक गर्दै विवाह बन्धनमा बाँधिएको जानकारी दिएका छन्। स्वप्नले आफूहरू ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताएका छन्।
 

स्वप्न सुमनले शुक्रबार गीतको भिडिओ सेयर गर्दै लेखेको छन्, 'कसैलाई हृदयभरीको माया दिन सक्षम हुनु र त्यही प्राप्त गर्न सक्नु एकदमै विशेष अनुभूति हो। पहिलो दिनदेखि नै मेरो सबैभन्दा ठूलो शक्ति भएकी जोजोजस्तो पार्टनर पाउँदा म धन्य महशुस गरेको छु। सबैबाट माया र आशीर्वादको आशा छ।'

विशेषगरी युवामाझ लोकप्रिय गायक स्वप्न सुमनका ‘कसरी भनुँ’, ‘म तिम्रो’, ‘याद म राख्नेछु’ लगायत गीत चर्चित छन्।
 

२७ वर्षीय स्वप्न सुमनले आफ्नो सांगीतिक करिअर युट्युबबाट सुरू गरेका थिए। सन् २०१२ देखि युट्युबमा आफूले गाएको भिडिओ हाल्थे। सन् २०१४ मा उनको पहिलो गीत ’के साह्रो राम्री भको’ सार्वजनिक भएको थियो।

त्यस्तै २८ वर्षीया ज्योत्सना योगी म्युजिक भिडिओहरूमा अभिनय गर्छिन्। गायक नितेशजंग कुँवरको ’फ्लर्टी माया’ जस्ता म्युजिक भिडिओ र थुप्रै विज्ञापनहरूमा उनले अभिनय गरिसकेकी छन्।

 

Desk
प्रकाशित मिति: बैशाख २३, २०७९
86 Shares
Footer ads