एजेन्सी,२१ वैशाख । भारतमा हालसम्म ५ लाख २३ हजार ८८९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितबाट मृत्यु हुनेको तथ्यांक दिएको हो।
सन् २०२० मा कोरोनाका कारण १ लाख ४८ हजार जनाको मृत्यु भएको थियो भने २०२१ मा यो संख्या ३ लाख ३२ हजार थियो।
यो तथ्यांक बढ्नुमा महाराष्ट्र, बिहार, गुजरात, पश्चिम बंगाल, आन्ध्र प्रदेश, तमिलनाडु, कर्नाटक, मध्य प्रदेश, राजस्थान, असम र हरियाणा जस्ता राज्यहरू रहेका छन्।