मिथुन चक्रवर्ती अस्पताल भर्ना

Desk
  |   
प्रकाशित मिति: बैशाख २१, २०७९
151 Shares

काठमाडौं, २१ वैशाख । बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्तीका फ्यानहरु अभिनेताको तस्विरका कारण निकै दुखी छन् । अस्पतालको बेडमा सुतेको अभिनेताको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि अभिनेताको स्वास्थ्यलाई लिएर विभिन्न हल्लाहरु पनि उडिरहेका छन् ।

अस्पतालबाट मिथुनको तस्विर विभिन्न प्लेटफर्ममा शेयर भइरहेको छ । मिथुनका छोरा मिमोह चक्रवर्तीले अहिले अभिनेताको स्वास्थ्यको बारेमा जानकारी दिएका छन् ।

उनले भने– मिथुन चक्रवर्तीलाई मिर्गौलामा पत्थरीको समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । भाइरल तस्बिर अस्पतालकै हो, जसमा उनी बेहोश अवस्थामा बेडमा पल्टिएका देखिन्छन् । तर अहिले अभिनेताको स्वास्थ्य पूर्णरुपमा ठीक छ र उनलाई बैंगलोरको अस्पतालबाट डिस्चार्ज पनि गरिएको छ । उनी पूर्ण रूपमा फिट र ठीक छन्।

मिथुन चक्रवर्तीको स्वास्थ्य अपडेट आएपछि उनका लाखौं फ्यानले राहतको सास फेरेका छन् । सबैले कलाकारको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

भाजपा राष्ट्रिय सचिव डा. अनुपम हजराले पनि मिथुन चक्रवर्तीको तस्बिर आफ्नो ट्विटर ह्यान्डलमा सेयर गरेका छन् र अभिनेताको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

मिथुन चक्रवर्ती हालै कलर्सको शो हुनरबाजमा देखिएका थिए । मिथुन चक्रवर्ती यस शोका जज थिए र शोमा उनले आफ्नो विशेष स्टाइलले दर्शकहरूलाई धेरै मनोरञ्जन दिए। मिथुन यस वर्षको ऐतिहासिक फिल्म द कश्मीर फाइल्समा पनि देखिएका थिए । फिल्ममा उनको अभिनयको निकै तारिफ भएको थियो ।

 

Desk
प्रकाशित मिति: बैशाख २१, २०७९
151 Shares
Footer ads