काठमाडौं,१९ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पनि जिम्बाबे एसँग प्रतिष्पर्धा गर्दैछ । खेल दिउँसो १ बजे त्रिभूवन विश्वविद्यालयको मैदान र्कीर्तिपुरमा शुरु हुनेछ ।
तीन टि २० खेलमा पहिलो खेल नेपालले ६ विकेटले हारेको छ । नेपाल दोस्रो खेलमा जित निकाल्दै मनोबल उच्च बनाउन चाहन्छ । पहिलो खेलमा ब्याटिङमा सुधारिएको प्रदर्शन गरेको नेपालले बलिङमा भने लय समात्न सकेन । नेपालको हारसँगै सिरिजमा जिम्बाबेले १–० को अग्रता कायम गरेको छ ।
न्युज एजेन्सी नेपाल