‘हनी बनी’ पनि छाडे अभिनेता अनमोल केसीले

Desk
  |   
प्रकाशित मिति: बैशाख १९, २०७९
76 Shares

काठमाडौं,१९ वैशाख। वर्षमा पाँचवटा चलचित्रमा अनुबन्धित हुने अभिनेता अनमोल केसीले तीमध्ये तीनवटा फिल्म छाड्ने गरेका छन् । यसैक्रममा उनले नयाँ चलचित्र ‘हनी बनी’ पनि छाडेको छन् । गत महिना यो चलचित्रमा अनुबन्धित भएर पारिश्रमिक स्वरूप पेस्की रकमसमेत लिएका उनले यो फिल्ममा अब काम नगर्ने भएका छन् ।

फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गर्दै छन् । आफ्नो फिल्मबाट अनमोल केसी बाहिरिएको उनले पुष्टि गरेका छन् । फिल्मको चरित्रमा आफूले न्याय गर्न नसक्ने भन्दै अनमोल बाहिरिएको निर्देशक भट्टराईले बताएका छन् ।

छायांकन जाने बेलामा अनमोल केसीले फिल्म छाडेपछि निर्देशक भट्टराई अर्को अभिनेताको खोजीमा छन् । बेलायतमा छायांकन गरिने यो चलचित्रका लागि बेलायत जान अनमोलको भिसासमेत लागिसकेको थियो । तर, आफूले फिल्म छाड्नुको कारण अनमोलले बताएका छैनन् ।

यो फिल्मबाट अभिनेत्री सारा सिरपाली बाहिरिएकी छन् । छायांकनका लागि साराले बेलायतको भिसा पाइनन् । सोही कारण उनी बाहिरिनुपरेको बताइएको छ । फिल्मको नायक नायिका चाँडै चयन गरेर यही बिहीबार छायांकनमा जाने निर्देशक भट्टराईले बताएका छन् ।

Desk
प्रकाशित मिति: बैशाख १९, २०७९
76 Shares
Footer ads