काठमाडौं, १९ वैशाख । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
हिजो आइतबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको । हिजो आइतबार प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।