बाँकेको खजुरामा शंकास्पद वस्तु फेला

Samabesi
  |   
प्रकाशित मिति: फाल्गुन १७, २०७८
192 Shares

बाँके , फागुन १७ । बाँकेको खजुरा बजारमा शंकास्पद वस्तु फेला परेको छ । नेपालगन्ज गुलरिया सडकखण्ड अन्तर्गत खजुरा गाँउपालिका वडा नम्बर ३ स्थित मनकामना चोकमा शंकास्पद अवस्थामा प्रेसर कुकुर फेला परेको हो । शंकास्पद वस्तु फेला परेपपछि प्रहरीले चोक आसपास सुरक्षा सर्तकता बढाएको छ ।

शंकास्पद वस्तु डिस्पोजको लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ । संसदबाट एमसिसि अनुमोदन भएपछि विभिन्न स्थानमा शंकास्पद वस्तुहरु भेटिन थालेका छन् ।
 

samabesi
प्रकाशित मिति: फाल्गुन १७, २०७८
192 Shares
Footer ads