साहस ऊर्जाको आईपीओ नेप्सेमा सूचीकृत

Samabesi1
  |   
प्रकाशित मिति: कार्तिक ११, २०७८
102 Shares

काठमाडौं, ११ कात्तिक । साहस ऊर्जा लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित सर्वसाधारण र उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरेको एक करोड पाँच लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको दुई करोड ४५ लाख कित्ता सेयर गरी कुल तीन करोड ५० लाख कित्ता आईपीओ बिहीबार सूचीकृत भएको हो ।
कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएपछि उक्त कम्पनीको सेयर दोस्रो बजारमा आइतबारबाट कारोबार सुरु हुने नेप्सेले जनाएको छ । दोस्रो बजारमा सेयर खरिदबिक्रीका लागि १३५ दशमलव ११ रुपैयाँदेखि ४०५ दशमलव ३३ रुपैयाँ ओपन रेञ्ज निर्धारण गरिएको छ ।    

Samabesi1
प्रकाशित मिति: कार्तिक ११, २०७८
102 Shares
Footer ads