मेलमिलापकर्तासँग अभिमुखीकरण तथा अनुभव आदानप्रदान

Samabesi 1
  |   
प्रकाशित मिति: कार्तिक १०, २०७८
142 Shares

चितवन, १० कात्तिक । चितवनको खैरहनी नगरपालिकामा बुधबार न्यायिक निरुपण तथा मेलमिलाप सम्बन्धी अभिमुखीकरण एवं अनुभव आदान प्रदान कार्यक्रम गरेको छ । 
नगरपालिकाको न्यायिक समितिले आयोजना गरेको कार्यक्रममा न्यायिक निरुपण र मेलमिलापकर्ताहरुले भोगेका समस्या र सफलताबारे छलफल तथा अनुभव आदान प्रदान गरिएको थियो । कार्यक्रममा नगरपालिकाका न्यायिक सहजकर्ता सञ्जय चौधरीले न्याय सम्पादन तथा मेलमिलापका दौरान प्रयोगमा आउने शब्दावली, स्थानीय सरकार सञ्चालन ऐन २०७४ न्यायिक कार्यसम्बन्धी व्यवस्था, खैरहनी नगरपालिका न्यायिक समिति (कार्यविधि सम्वन्धी ) ऐन २०७५ र मेलमिलापकर्ता कार्य सञ्चालन कार्यविधि २०७८ का बारे सहजीकरण गरेका थिए । 
त्यस्तै न्याय सम्पादनमा मेलमिलापकर्ताहरुले भोगेका समस्या र सफलताकाबारे पनि अनुभव आदानप्रदान गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत नवीनराज रुवालीले जानकारी दिए । न्यायिक समिति संयोजक एवं नगर उपप्रमुख सुनिता थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख लालमणि चौधरीले मेलमिलापकर्ताहरु लोभ लालचमा नफसी पीडितलाई न्याय दिलाउनुपर्नेमा जोड दिए ।
 

Samabesi 1
प्रकाशित मिति: कार्तिक १०, २०७८
142 Shares
Footer ads