बिहेको तयारीमा विक्की कौशल र कैटरिना कैफ

Samabesi1
  |   
प्रकाशित मिति: कार्तिक १०, २०७८
158 Shares

काठमाडौं, १० कात्तिक । बलिउड अभिनेता बिक्की कौशल र अभिनेत्री कैटरिना कैफबीचको प्रेमसम्बन्धमा रहेको खबर फैलिएको धेरै भयो । पछिल्लो समय उनीहरू प्रायः सँगै देखिँदै आएकाले पनि उनीहरूबीच अफेयर रहेको कुराले थप बल पाएको छ । 
पछिल्लो खबरअनुसार उनीहरूले बिक्की र कैटरिनाले यही वर्षभित्र बिहे गर्नेछन् । हाल उनीहरू बिहेमा लगाउने ड्रेसको डिजाइन गर्नमा व्यस्त छन् । उनीहरूको ड्रेस सब्यसाचीले डिजाइन गरिरहेको छ । 
अभिनेता रणवीर कपुरसँग ब्रेकअप भएको केही वर्ष सिंगल रहेकी कैटरिना र पछिल्लो समय फिल्ममा जम्दै गएका अभिनेता बिक्कीबीच प्रेम सम्बन्ध सुरु भएको थियो । उनीहरू पछिल्लोपटक सरदार उधूम फिल्मको प्रिमीयरमा सँगै देखिएका थिए । 
केही समयअघि उनीहरूले १८ अगस्तमा इंगेज्मेन्ट गरेको खबर पनि फैलिएको थियो । तर, उनीहरूले आफूहरू प्रेममा रहेको कुरा मिडियासामु भने स्वीकारेका छैनन् । 
कैटरिना र बिक्की प्रायः एक अर्काको घरमा गइरहन्छन् । एकपटक बिक्कीका भाइ सनीसँग उनीहरूको सम्बन्धको बारेमा सञ्चारकर्मीले सोधीखोजी गरेका थिए । तर उनले त्यो सबै अफवाह मात्रै भएको दाबी गरेका थिए ।

Samabesi1
प्रकाशित मिति: कार्तिक १०, २०७८
158 Shares
Footer ads