खैरहनी एमालेमा समानान्तर कमिटि घोषणा 

Samabesi
  |   
प्रकाशित मिति: कार्तिक ०९, २०७८
133 Shares

चितवन , ९ कार्तिक । पूर्वी चितवनको खैरहनीमा नेकपा एमालेको दुई वटा नगर कमिटि घोषणा गरिएको छ । आज भएको अधिवेशनमा संस्थापन पक्षले एकलौटी रुपमा नगर कमिटि घोषणा गरेको भन्दै असन्तुष्ठ पक्षले अर्को कमिटि घोषणा गरेका हुन् ।

संस्थापनतर्फ  पूर्ण वहादुर डल्लाकोटीको अध्यक्षतमा नगर कमिटि घोषणा गरिएको थियो भने असन्तुष्ठ पक्षबाट छत्रनाथ सुवेदीको अध्यक्षतामा अर्को कमिटि घोषणा भएको छ । डल्लाकोटीको अध्यक्षतामा घोषणा भएको नगर कमिटि उपाध्यक्षमा सुवेदी उपाध्यक्षमा छन् । तर सुवेदी नेतृत्वको समुहले असहमती जनाएर अर्को कमिटि गठन भएको हो । डल्लाकोटी अध्यक्ष रहेको नगर कमिटिको सचिवमा गोपाल परियार सहित  २ उपसचिव र सदस्य पछि मनोनित गर्ने गरि घोषणा भएको छ । असन्तुष्ठ समुहले आज साँझनै पत्रकार सम्मेलन गर्दै सुवेदीको अध्यक्षतामा नगर कमिटि घोषणा गरेको हो । सो कमिटिको उपाध्यक्षमा लालमणि कुँवर,सचिवमा सुन्दर मैनाली,उपसचिवमा रत्ना श्रेष्ठ,गोमनाथ भट्टराई सहित ६५ सदस्यीय नगर कमिटि घोषणा भएको छ ।

उम्मेदवारी रहेकै वेला र सहमतीको बाटो प्रशस्त रहेका वेला एकलौटी ढंगले नगर कमिटि घोषणा गरेको भन्दै अर्को कमिटि घोषणा गर्न वाध्य भएको एमाले खैरहनीका नेता झगरु चौधरीले वताए ।  अधिवेशनले सर्वसम्मत रुपमा नगर कमिटि गठन गरेको युवा नेता केशव कडेंलले वताए । उनले यो कमिटि एमालेको आधिकारीक कमिटि रहेको दावी समेत गरे । घोषणा गरिएको कमिटिको नामावली जिल्ला कमिटिमा पठाईने उनले वताए । घोषणा कार्यक्रममा खैरहनी ७ का वडाध्यक्ष मनेजर महतो,९का वडा अध्यक्ष होमकुमार पुन,केही वडा सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

samabesi
प्रकाशित मिति: कार्तिक ०९, २०७८
133 Shares
Footer ads