पछिल्लो २४ घण्टामा थपिए ३३२ कोरोना संक्रमित, चार जनाको मृत्यु

Desk
  |   
प्रकाशित मिति: मंसिर ०८, २०७८
35 Shares

काठमाडौं , ८ मंसिर ।  पछिल्लो २४ घण्टामा देशभर ३३२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  ७ हजार ५९० जनामा पीसीआर परीक्षण गरिएकोमा ३०५ जनामा र २ हजार ३३० जनामा एन्टीजेन परीक्षण गर्दा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २३२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ ।

यसैगरी  नेपालमा  हालसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Desk
प्रकाशित मिति: मंसिर ०८, २०७८
35 Shares
Footer ads