पछिल्लो २४ घण्टामा ३८५ जना सङ्क्रमित थपिए, ४ जनाको मृत्यु

Desk
  |   
प्रकाशित मिति: मंसिर ०६, २०७८
40 Shares

काठमाडौं,६ मंसिर ।   पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । देशभरि १२ हजार ६९७ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ९ हजार ९२१ पीसीआर परीक्षण गर्दा ३६७ र २ हजार ७७६ एन्टिजेन परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै पछिल्लो २४ घन्टामा २५८ जना संक्रमित कोरोनामुक्त भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त भएको संख्या ८ लाख ६१७ पुगेको छ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । सोही अवधिमा ४ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५०० पुगेको छ ।

यसैगरी देशमा हालसम्म सात हजार २६९ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ७१ हजार ४८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Desk
प्रकाशित मिति: मंसिर ०६, २०७८
40 Shares
Footer ads