आज बाट सुरु भयो नवौँ ‘नेपाल मानव अधिकार चलचित्र महोत्सव’

Desk
  |   
प्रकाशित मिति: मंसिर ०६, २०७८
43 Shares

काठमाडौं,६ मंसिर । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा गरिएको फिल्म महोत्सवमा २४ देशका ४२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म लगायत सबै बिधा फिल्महरू देखाइने भएको छ l मंसिर ६ देखि ९ गते (२२ देखि २५ नोभेम्बर)सम्म हुने उक्त महोत्सव भर्चुअल्ली रूपमा नै गरिने भएको हो l फिल्मको अलावा उक्त कार्यक्रममा नव अधिकारकर्मी र कलाकर्मीहरूसँग अन्तरक्रिया, प्लानल डिस्कशन लगायतका कार्यक्रमहरू पनि राखिएको छ । साथै महोत्सवका निर्देशक पाण्डव खत्रीले 9nhriff.muvi.com वेबसाइट लग इन गरेर महोत्सवमा प्रदर्शन हुने फिल्महरू हेर्न सकिने बताएका छन् l महोत्सवमा अन्तर्राष्ट्रिय विधाका फिल्मको प्रदर्शन मात्र गरिने छ भने नेपाली विधाका फिल्महरूको भने प्रतिस्पर्धा हुनेछ । महोत्सवको सह-आयोजकमा राष्ट्रिय मानव अधिकार र नेपालका लागि क्यानडा राजदूतावास रहेको छ । त्यस्तै, उक्त महोत्सव प्रवर्द्धनका लागि चलचित्र विकास बोर्ड र मानव अधिकार चलचित्र सञ्जाललगायतको सहकार्य र दर्जनौँ सङ्घ-संस्थाले ऐक्यबद्धता जनाएका छन् । महोत्सवमा आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जित निर्णायक मण्डलको भूमिका निर्वाह गर्ने भएका छन् । उत्कृष्ट फिक्शन, उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट महिला फिल्मकर्मी छनौट गरी पुरस्कार कार्यक्रममा घोषणा गरिनेछ । महोत्सव आज बाट सुरु हुँदै छ l 

Desk
प्रकाशित मिति: मंसिर ०६, २०७८
43 Shares
Footer ads