प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत नलिने, प्रस्ताव सदनमा टेबुल हुने

Desk
  |   
प्रकाशित मिति: कार्तिक ०५, २०७८
118 Shares

विराटनगर, ५ कात्तिक। प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत नलिने भएका छन् ।

प्रदेश १ एमाले ससदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने निर्णय गरे पनि आइतबारमात्रै विश्वासको प्रस्तावमा मतदान हुने भएको छ ।

यद्यपि २४ असोजमा मुख्यमन्त्री आचार्यले प्रदेशसभामा दर्ता गराएको विश्वासको मतसम्बन्धी प्रस्ताव आज सदनमा टेबुल हुने भएको छ ।

प्रदेशसभा सचिवालयले विश्वासको मतका लागि प्रदेशसभामा मुख्यमन्त्रीले प्रस्ताव पेश गर्ने कार्यसूची सार्वजनिक गरेको छ ।

Desk
प्रकाशित मिति: कार्तिक ०५, २०७८
118 Shares
Footer ads