केपी ओलीको प्रचण्ड र माधव नेपाललाई व्यंग्य - आज बाउ र श्रीमतीको मुख हेर्ने दिन हो ?

Desk
  |   
प्रकाशित मिति: आश्विन ०३, २०७८
214 Shares

काठमाडौं,३ असोज ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई व्यंग्य गरेका छन् । आइतबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले संविधान दिवसको दिन शहिदका आमाबुबाले गर्व गर्न पाउनुपर्नेमा आफ्ना बुवा र श्रीमतीलाई सम्मानीत गरिएको बताए ।
images

आफुलाई यो सबै देख्दा लाज लागेको बताउदै ओलीले भने संविधान ल्याएकोमा, लोकतन्त्र पाएकोमा शहिदका सन्तानले गर्व गर्न पाउनुपर्नेमा बुवा र श्रीमतीलाई सम्मानीत गराएर संविधान दिवस मनाइएको बताए ।

उनले भने - 'संविधान दिवसको दिन संविधान ल्याएकोमा, लोकतन्त्र पाएकोमा शहिदका सन्तानले गर्व गर्न पाउनुपर्ने । शहिदका आमाबुबाले गर्व गर्न पाउनुपर्ने, घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने । आज त बाउको मुख हेर्ने दिन हो ।'

उनले थपे - 'श्रीमतीको मुख हेर्ने दिन हो । छोराछोरीको मुख हेर्ने दिन हो । कस्तो आकंक्षा । कस्तो अतृप्ती । बाहिर निस्किएर भाषण गर्ने हो भने केही चाहिएको छैन हामिहरुलाई । म अरुजस्तो पदलोभित छैन । नातावादी कृपावादी छैन । '

संविधान दिवसका अवसरमा नेताहरू प्रचण्डकी श्रीमती सीता दाहाल, नेपालका स्वर्गीय बुबा मंगलकुमार उपाध्याय र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पदक दिने निर्णय दिइएपछि ओलीले सो व्यंग्य गरेका हुन् ।

उनले भने - 'संविधान दिवसको दिन खोज पत्रकारिता गर्ने, लोकतन्त्रको पक्षमा पत्रकारिता गर्ने एउटा पत्रकारलाई सम्मान गरेको भए हुन्थ्यो । अब झगडीयाहरु सम्मानित, मुद्दा हाल्ने सम्मानीत, तथानाम बहस गर्नेहरु सम्मानीत, जे पायो त्यही बोल्नेहरु सम्मानीत'

'दुई चार जना छुटेको जस्तो लाग्यो मलाई, तीनलाई किन छोडेहोलान् । मुद्दा हराइदिने कोल्टाइदिने, तराजु पनि गजब रैछ । छाम्दा त थाहाँ पाइन्छ नी तराजु । इतिहासले निर्मम मुल्यांकन गर्नेछ ।

 

 क्यानाडा नेपाल

Desk
प्रकाशित मिति: आश्विन ०३, २०७८
214 Shares
Footer ads