आज चितवन बन्दको आह्वान : बन्द गराउँदै हिँड्ने एक जना पक्राउ

Samabesi1
  |   
प्रकाशित मिति: मंसिर २८, २०७८
169 Shares

चितवन, २८ मंसिर । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्दै विप्लव नेतृत्वको नेकपा सहित विभिन्न १३ दलले आज चितवन बन्द आह्वान गरिएको छ । नारायणगढ बजार क्षेत्रमा बन्दको सामान्य प्रभाव परेको छ । 
सवारीसाधन निर्वाध रुपमा सञ्चालनमा आएका छन् भने शैक्षिक संस्था सञ्चालनमा आउन सकेका छैनन् । बिहानै बन्द सफल गराउन भन्दै हिडेका देशभक्त गणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य घननाथ सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । पुल्चोकबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
चितवनका चोक चोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सडकमा बन्दकर्ता देखिएका छैनन् । सडकमा बन्दकर्ता देखिए पक्राउ गर्ने तयारीका साथ सडकमा प्रहरी परिचालन गरिएको हो । 
एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै चितवन बन्दको आह्वान गरेको हो । बन्द आह्वानकर्तालाई प्रशासनले सोमबार साँझ नारायणगढमा मसाल जुलुस समेत निकाल्न दिएन । सो क्रममा उनीहरुले केहीबेर एमसीसीको विरोधमा चर्को नाराबाजी गरेका थिए । 

Samabesi1
प्रकाशित मिति: मंसिर २८, २०७८
169 Shares
Footer ads