रत्ननगरमा अविरल सहकारीको सेवा शुभारम्भ

Samabesi
  |   
प्रकाशित मिति: कार्तिक २४, २०७८
102 Shares

चितवन , २४ कार्तिक। 
पूर्वीचितवनको रत्ननगरमा अविरल बहुउद्देश्यीय सहकारी संस्थाले आजबाट आफ्नो सेवा सुरु गरेको छ । रत्ननगर उद्योग वाणिज्य संघमा आवद्ध उद्योगी व्यवसायीहरुको सक्रियतामा स्थापना भएको सहकारीको आज एक कार्यक्रमकोबिच बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै वक्ताहरुले सहकारीले किसान तथा साना उद्यमीहरुको उथ्थानमा काम गर्नुपर्नेमा जोड दिएका थिए । सहकारीले उत्पादनमुखी क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुुपर्ने बागमती प्रदेशकी साँसद कंचन खनालले बताइन् । बचत तथा ऋणमा मात्रै सिमित नभई सहकारीको माध्यमबाट रत्ननगर क्षेत्रमा रहेको कृषि उत्पादनको प्रर्वद्धन तथा बजारीकरण गर्ने लक्ष्यसहित सहकारीको स्थापना गरिएकोे संस्थाका अध्यक्ष ज्ञान बहादुर विसुरालले बताए । कार्यक्रममा उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन , जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी , सहकारीका उपाध्यक्ष गोपाल कर्माचार्य लगायतले बोलेका थिए । 

samabesi
प्रकाशित मिति: कार्तिक २४, २०७८
102 Shares
Footer ads