साग भनेर धतुरो खाँदा लमजुङमा एकको मृत्यु, दुई जना बिरामी

Samabesi1
  |   
प्रकाशित मिति: कार्तिक २३, २०७८
128 Shares

लमजुङ २३  कात्तिक । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा साग भनेर धतुरोको तरकारी खाँदा एक जनाको ज्यान गएको छ । दुई जना बिरामी भएका छन् ।
साग भनेर धतुरोको तरकारी खाँदा ८३  पवित्रा खड्काको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए । तरकारी खाएर बेहोस भएका धनकुमारी अधिकारी र ठगीमाया भण्डारीकाे बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भएकाे छ । दुवै जना उपचारपछि घर फर्किएका छन् ।
आइतबार साँझ खानासँग धतुरोको तरकारी खाएका उनीहरू राती बेहोस भएको डीएसपी  कार्कीले बताए । उनका अनुसार सोमबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले गएर  हेर्दा सबैजना बेहोस अवस्थामा भेटिएका थिए । 

Samabesi1
प्रकाशित मिति: कार्तिक २३, २०७८
128 Shares
Footer ads