चितवन , २२ असार।
चितवनको राप्ती निवासी सुजिता भण्डारीको हत्या भएको भन्दै उनको हत्यारालाई कारबाहीको माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन् । हत्याराको पहिचान गरि कडा कारबाहीको माग गर्दै पर्साबजारमा युवाहरुले नाराबाजी सहित प्रदर्शन गरेका छन् ।
उनीहरुले गृहमन्त्रीको राजिनामा समेत माग गरेका छन् । युवाहरुको एक समूहले चौविसकोठी चोकमा भ्रष्ट प्रशासन चाहिदैन, शान्ति सुरक्षा कायम गर , गृहमन्त्री चाहिदैन , सुजिताको अत्मालाई शान्ति दे , हामीलाई न्याय दे , हत्यारालाई फासी दे , महिला हिंसा बन्द गर लगायतको नारा लगाउदै पम्प्लेट प्रदर्शन गरेका थिए ।