पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

Desk
  |   
प्रकाशित मिति: मंसिर १६, २०७८
166 Shares

काठमाडौँ,१६ मंसिर । पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ९,५११ जनामा गरिएको पिसिआर परीक्षणबाट २९८ र १,८९२ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा २०१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ८,०३,३६९ पुगेको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। ११० जना आइसीयू र ३८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

अहिले देशभरिमा ७,०४५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ लाख ४१ हजार ५५७ जनाले काेराेना  विरुद्धकाे खाेप लगाएका छन्।

Desk
प्रकाशित मिति: मंसिर १६, २०७८
166 Shares
Footer ads