१ लाख ८८ हजार डोज मोडर्ना खोप भोलि नेपाल आउने

Desk
  |   
प्रकाशित मिति: मंसिर १६, २०७८
164 Shares

काठमाडौं,१६ मंसिर । नेपालमा पहिलोपटक कोभिडविरुद्धको मोडर्ना खोप आउने भएको छ। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार भोलि शुक्रबार १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने पक्का भएको हो।

महाशाखाका अनुसार कोभ्याक्स सुविधा अन्तर्गत उक्त खोप आउने भएको हो।

मोडर्ना खोप कसलाई लगाउने भन्ने विषयमा भने अझै टुंगो लागिसकेको छैन। खोप १२ देखि १८ वर्ष उमेरका किशोरकिशोरीलाई लगाउन सुझाव दिइएको छ।

यो खोप माइनस १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ।

Desk
प्रकाशित मिति: मंसिर १६, २०७८
164 Shares
Footer ads