कांग्रेस प्रदेश अधिवेशन : सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क

Desk
  |   
प्रकाशित मिति: मंसिर १६, २०७८
110 Shares

पोखरा, १६ मंसिर।

नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने उल्लेख छ ।

यस्तै उपसभापतिको उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, सहमहामन्त्रीको उम्मेदवारले ४१ हजार र सदस्यको उम्मेदवारले ३१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने उम्मेदवारी दस्तुरमा उल्लेख गरिएको छ ।

बिहीबार कांग्रेसको प्रदेश अधिवेशन भइरहेको छ ।

Desk
प्रकाशित मिति: मंसिर १६, २०७८
110 Shares
Footer ads