अवैध काठसहित ट्याक्टर नियन्त्रण

Samabesi1
  |   
प्रकाशित मिति: कार्तिक १६, २०७८
159 Shares

बुटवल, १६ कात्तिक । रुपन्देही प्रहरीले अवैध काठसहित ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले रुपन्देहीको रोहिणी गाउँपालिका–४ पकडिहवाबाट उक्त काठ र ट्याक्टर नियन्त्रणमा लिएको हो । 
लु२त ४६११ नम्बरको ट्याक्टरमा लोड गरिरहेको अवस्थामा सगुन र बकाइनोका ५२ गोलिया काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । 
ट्याक्टरसहित करिब सात लाख ५० हजार मूल्य बराबरको काठ बरामद गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय रुपन्देही पठाइएको थापाले जानकारी दिए । चाडपर्वका बेला तस्करी बढेको भन्दै रुपन्देही प्रहरीले ठाउँठाउँमा गस्ती टोली खटाएको छ । 

Samabesi1
प्रकाशित मिति: कार्तिक १६, २०७८
159 Shares
Footer ads