जिम गर्दागर्दै ढलेका कन्नड सुपरस्टार पुनित राजकुमार अब कहिल्यै उठ्दैनन्

Samabesi1
  |   
प्रकाशित मिति: कार्तिक १५, २०७८
145 Shares

मुम्बई, १५ कात्तिक । दक्षिण भारतीय फिल्म (कन्नड)का चर्चित अभिनेता पुनित राजकुमारको ४६ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार बिहान जिममा वर्कआउट गर्ने क्रममा हृदयघात भएपछि उनलाई शुक्रबार बिहानै बंगलुरुस्थित विक्रम अस्पतालमा भर्ना गरिएको थियो । 
दैनिक भास्करको समाचार अनुसार अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । पुनितको निधनपछि कर्नाटक शोकमा डुबेको छ । राज्यका सबै थिएटर बन्द गरिएका छन् । उनका प्रशंसकहरुलाई नियन्त्रणमा राख्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । पुनितको निधनमा शोक व्यक्त गर्न कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्बईसमेत अस्पताल पुगेका थिए ।
पुनितका पिता समेत दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता थिए । उनी कन्नड फिल्मका पहिलो अभिनेता थिए जसले दादासाहेब फाल्के अवार्ड मिलेको थियो । राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका पुनितले भने आफ्नो करिअरको सुरुवात बाल कलाकारको रुपमा गरेका थिए । पुनितको निधनप्रति यतिखेर भारतका थुप्रै कलाकारहरूले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

Samabesi1
प्रकाशित मिति: कार्तिक १५, २०७८
145 Shares
Footer ads